लुटन टाउनमाथि आर्सनलको ४-३ को रोमाञ्चक जित
काठमाडौं।। इंलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनमाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा खेलको इन्जुरी समयपछिको ९७औं मिनेटमा डेक्लान राइसले निर्णायक गोल गरेका थिए। यसअघि गाब्रियल मार्टिनेली, गाब्रियल जिसस र् काइ हाभेर्टले एक एक गोल गरेका थिए।
त्यसैगरी लुटन टाउनका लागि गाब्रियल ओशो, एलिजाह अडेबायो र रोज बार्कलीले एक एक गोल गरेका थिए। यो जितपछि आर्सनलले लिगमा आफ्नो अग्रता बढाएको छ।
१५ खेलमा ३६ अंकसहित शिर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानमा रहेकोलिभरपुलभन्दा ५ अंकले अगाडी भएको छ। यद्यपी लिभरपुल एक खेल कम खेलेको छ।
त्यसैगरी लुटन टाउनको भने १५ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ।







डिसी नेपाल








Facebook Comment