इलामलाई हराउँदै अपराजित पोखरा शीर्ष स्थानमा

डिसी नेपाल
२० मंसिर २०८० २१:१८
56
Shares

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ ।

बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गरेको हो । पोखराको जितमा खेलको ४७औं मिनेटमा सञ्जिव विष्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछी एनएसएलमा पोखराले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यो जितपछि पोखराको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी इलामको भने यो यस सिजनमा तेस्रो हार हो । ४ खेल खेलको इलमको ३ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.