इंल्याण्डद्वारा वेस्टइन्डिज ६ विकेटले पराजित
काठमाडौं। जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा इंल्याण्डले वेस्टइन्डिजलाई पराजित गरको छ।
गएराति सम्पन्न खेलमा इंल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरको हो।
वेस्टइन्डिजले दिएको २०३ रनको लक्ष्य पछाएको इंल्याण्डले ३२.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।
यसअघि वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ३९.४ ओभरमा अल आउट हुँदै २०२ रन बनाएको थियो। योसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। यस अघि सम्पन्न पहिलो खेल वेस्टइण्डिजले जितेको थियो।
अब सिरिजको अन्तिम खेल शनिबार हुने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment