क्रिस्टल प्यालेसमाथि लिभरपुलको रोमाञ्चक जित
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । १–० ले पछि परेको लिभरपुलले खेलमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो ।
लिभरपुलको जितमा खेलको ७६औं मिनेटमा मोहमद सलाह र खेलको ९१औँ मिनेटमा हार्भी एल्लीओटले एक एक गोल गरेका थिए ।
यसअघि खेलको ५७औं मिनेटमा जीन फिलिप माटेटाले पेनाल्टी मार्फत गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । यस खेलमा खेलको ७५औं मिनेटमा क्रिस्टल प्यालेसका जोर्डन आएवले रातो कार्ड पाएपछि प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको १६ खेलमा ३७ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको आर्सनल १५ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
त्यस्तै क्रिस्टल प्यालेसको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।







डिसी नेपाल







Facebook Comment