रियल बेटिससँग बराबरीमा रोकियो रियल म्याड्रिड

डिसी नेपाल
२४ मंसिर २०८० ८:३५
20
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडलाई रियल बेटिसले बराबरीमा रोकेको हो।

खेलको ५३ औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता दिलाए पनि खेलको ६६ औं मिनेटमा एइटोर रुलबलको गोलमा रियल बेटिसले खेल बराबरी गरेको थियो।

यो बराबरीपछि रियल म्याड्रिडको १६ खेलमा ३९ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी रियल बेटिसको भने १६ खेलमा २६ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.