एसी मिलानमाथि एटलान्टा ३-२ ले विजयी

डिसी नेपाल
२४ मंसिर २०८० ८:३८
24
Shares

काठमाडौं। इटालियन सिरी ए अन्तर्गत एटलान्टाले एसी मिलानलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा एटलान्टाले एसी मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

एटलान्टाको जितमा एडेमोला लुकम्यानले २ गोल गरेका थिए भने लुइस मुरिएलले एक गोल गरेका थिए। त्यस्तै मिलानका लागि ओलिभर जिराउड र लुका जोभिकले एक एक गोल गरेका थिए।

यस खेलमा खेलको ९३औं मिनेटमा मिलानका डेभिड कालाब्रियाले रातो कार्ड पाएका थिए। याे जितपछि एटलान्टाको १५ खेलमा २३ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ।

त्यसैगरी मिलानको भने यस सिजनमा यो चौथो हार हो। यो हारपछि मिलानको १५ खेलमा २९ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.