बार्सिलोनालाई ४-२ ले हराउँदै गिरोना शिर्ष स्थानमा
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत गिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा गिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
गिरोनाको जितमा आर्टेम डोभबिक मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए।
त्यसैगरी बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक-एक गोल गरेका थिए।
यो जितपछि गिरोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। गिरोनाको १६ खेलमा ४१ अंक छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले अगाडि रहेको छ।
त्यस्तै बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment