नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापाको पहिलो जित

डिसी नेपाल
२६ मंसिर २०८० २०:४१
16
Shares

काठमाडौं । जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकोलेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

सान्चेजले खेलको पहिलो हाफको ३९ औँ मिनेटमा गरेको एक गोल नै झापाका लागि निर्णायक गोल सावित भयो । अन्जन विष्टको पासमा सान्चेजले गोल गरेका हुन् । यो जितसँगै झापाले पाँच अङ्क जोडेको छ । यसअघि भएका चार खेलमा झापाले तीन बराबरी तथा एक खेलमा हार ब्यहोरेको थियो । त्यस्तै प्रतियोगितामा ६ खेल खेलेको बुटवलको ७ अङ्क बटुलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.