नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ।
खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अंक तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अंक जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ।
यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ। वीरगञ्जको मात्र दुई अंक छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १-० गोलले पराजित गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment