म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौं। म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाट नै बाहिरिएको हो। समूह ए अन्तर्गतको यस खेलमा बायर्नले १-० गोल अन्तरले म्यानचेस्टरलाई पराजित गरेको थियो।
बायर्नको जितमा किन्ग्स्ली कोम्यानले खेलको ७० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो जितपछि बायर्न म्युनिख समूह ए मा ६ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेर राउण्ड १६ मा पुगेको छ। साथै समूह ए बाट कोपनहेगन ६ खेलमा ८ अंकसहित दोस्रो हुदै राउण्ड १६ मा पुगेको छ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने ६ खेलमा ४ अंक रहेको छ र समूह ए को पुछारमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment