यू-१९ एशिया कपको सेमिफाइनल समीकरण पुरा
काठमाडौं । जारी एसीसी यू–१९ एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। बुधबार समूह चरणका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।
समुह चरणका खेल बुधबार सकिएपछि समुह बी बाट बंगलादेश विजेता र आयोजक युएई उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन्।
बुधबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो भने युएईले जापानलाई १०७ रनले पराजित गरेको थियो। समूह बी बाट श्रीलंका र जापान बाहिरिएका छन्।
यसअघि समुह ए बाट पाकिस्तान र भारत विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका थिए।
अब सेमिफाइनलमा समुह ए को विजेता पाकिस्तान र समूह बि को उपविजेता युएई खेल्ने छन् भने समूह बि को विजेता बंगलादेश र समुह ए को उपविजेता भारत खेल्ने छन्।
सेमिफाइनलका दुवै खेल आगामी शुक्रबार हुने छन् भने फाइनल खेल आइतबार हुने छ।







डिसी नेपाल







Facebook Comment