एन्फाको सीईओमा इन्द्रमान तुलाधर नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।
सोमबार काठमाडौंमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो । त्यस्तै बैठकले सहायक कोषाध्यक्षमा प्रविण कुमार यादवलाई नियुक्त गरेको छ । बैठकले एन्फाको विषेश साधारणसभा माघ ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ भने नियमित साधारणसभा फागुन १४ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
त्यस्तै एन्फाले भविष्यमा हुने अन्तराष्ट्रिय प्रतियोगीता आयोजना गर्दा निशुल्क पास वितरणपूर्ण रुपमा बन्द गर्ने र एन्फाले टिकट बिक्रि गरि उठेको रकमका २० प्रतिशत रकम प्रतियोगीतामा सहभागी हुने उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।







डिसी नेपाल







Facebook Comment