आइपीएल लिलामीमा यी १० खेलाडी सबैभन्दा महँगा, ती चर्चित खेलाडी जसको बोली लागेन
काठमाडौं । आईपीएल २०२४ को लागि दुबईमा आयोजित खेलाडी लिलामीमा सबैभन्दा महँगो खेलाडीको बोली र धेरै नयाँ खेलाडीको नामले सबैलाई चकित बनाएको थियो ।
अस्ट्रेलियाका मिचेल स्टार्क लिलामीमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको हो । यसपछि अस्ट्रेलियाका प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० करोडमा किनेको थियो ।
यी हुन् आईपीएल २०२४ का सबैभन्दा महँगा खेलाडी –
मिचेल स्टार्क (कोलकाता नाइट राइडर्स) – २४.७५ करोड रुपैयाँ
प्याट कमिन्स (सनराईजर्स हैदरावाद) – २०.५० करोड
डेरिल मिचेल (चेन्नई सुपर किंग्स) – १४ करोड रुपैयाँ
हर्षल पटेल (पञ्जाब किंग्स) – ११.७५ करोड
अल्जारी जोसेफ (रोयल च्यालेन्जर्स बैंगलोर) – ११.५० करोड
स्पेन्सर जोन्सन (गुजरात टाइटन्स) – १० करोड रुपैयाँ
समीर रिजवी (चेन्नई सुपर किंग्स) – ८.४० करोड
रोभमान पावेल (राजस्थान रोयल्स) – ७.४० करोड
शाहरुख खान (गुजरात टाइटन्स) – ७.४० करोड
कुमार कुशाग्रा (दिल्ली क्यापिटल्स) – ७.२ करोड
यहाँ हामी तपाईंलाई केही चर्चित खेलाडीहरूको बारेमा पनि बताइरहेका छौं जसलाई बोली लागेन।
स्टीव स्मिथ
मंगलबार दुबईमा भएको लिलामीमा अस्ट्रेलियाली टोलीका पूर्व कप्तान स्टिभ स्मिथले पनि निराशाको सामना गर्नुपरेको थियो । उनको आधार मूल्य २ करोड थियो । तर यो लिलामीमा उनले कुनै खरिदकर्ता फेला पारेनन् ।
जोश हेजलवुड
यस लिलामीमा अष्ट्रेलियाका खेलाडी जोस हेजलउडलाई पनि कुनै टोलीले किनेको छैन । उनको आधार मूल्य पनि २ करोड मात्रै थियो ।
रासी भान डेर डुसेन
यस अवधिमा दक्षिण अफ्रिकी खेलाडी रासी भान डेर डुसेनले पनि निराश महसुस गरे। उनको आधार मूल्य २ करोड थियो ।
काइली जेमिनसन
विश्वको सबैभन्दा अग्लो फास्ट बलरमा गनिने न्युजिल्यान्डका काइली जेमिनसनले पनि यस लिलामीमा निराशाको सामना गर्नु परेको छ । उनको आधार मूल्य १ करोड थियो ।







डिसी नेपाल







Facebook Comment