एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त

डिसी नेपाल
९ पुष २०८० ७:०२
56
Shares

काठमाडौं। जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन्। यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदै छ।

यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौं रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन्। यो खेल मंगलबार हुने छ। यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ। दोस्रो क्वालिफायर खेल आगामी बिहीबार हुने छ।

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन्। जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो।त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन्। त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन्।

नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.