न्यूक्यासलमाथि नोट्टीङ्घम ३-१ ले विजयी

डिसी नेपाल
११ पुष २०८० ७:५३
44
Shares

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत नोट्टीङ्घम फोरेस्टले न्यूक्यासल युनाइटेडमाथि शानदार जित हासिल गरेको छ।  मंगलबार राति सम्पन्न खेलमा नोट्टीङघमले न्यूक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

नोट्टीङ्घमको जितमा क्रिस वूडले ह्याट्रिक गरेका थिए। उनले खेलको ४५औं, ५३ र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसैगरी न्यूक्यासलका लागि एक गोल एलेक्जेन्डर इसाकले खेलको २३औं मिनेटमा फर्काएका थिए।

नोट्टीङ्घमको यो यस सिजनमा चौथो जित हो । यो जितपछि १९ खेलमा नोट्टीङघमको १७ अंक भएको छ र लिगमा १६औं स्थानमा उक्लिएको छ

त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा यो आठौँ हार हो । यो हारपछि न्यूक्यासलको १९ खेलमा २९ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.