नेकपा एसको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ।
हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले बिद्यान संशाेधनका बारेमा आ-आफनो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ।
आजको बैठक बिहान ११ः०० बजेदेखि सुरु हुनेछ। हिजोको बैठकमा केन्द्रीय सदस्यहरु महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त, लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले आ-आफनो धारणा राखिसकेका छन्।
विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ। आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment