टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाको भारतविरुद्ध ११ रनको अग्रता
काठमाडौं। दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टेस्टमा ११ रनको अग्रता लिएको छ। खेलको दोस्रो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउदै २५६ रन बनाएपछि पहिलो इनिङमा ११ रनको अग्रता लिएको छ।
दक्षिण अफ्रिकाका लागि डिन एल्गरले अविजित १४० रन बनाएर खेलिरहेका छन्। त्यस्तै डेभिड बेडीङ्घमले ५६ रन बनाएका थिए भने टोनी डे जोर्जीले २८ रन बनाएका थिए। त्यस्तै भारतका बलर जसप्रित बुमराह, मोहमद सिराजले २-२ विकेट लिए भने प्रसिद कृष्णले एक विकेट लिएका थिए।
यसअघि भारतले पहिलो इनिंगमा २४५ रन बनाएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment