टेस्ट क्रिकेट: पाकिस्तानविरुद्ध अस्ट्रेलिया २४१ रनले अगाडि
काठमाडौं। पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ ।
तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएपछि पहिलो इनिंगमा ५४ रनको अग्रताको आधारमा २४१ रनको अग्रता बनाएको हो।
अस्ट्रेलियाले पहिलो इनिंगमा ३१८ रन बनाएको थियो भने पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २६४ रन बनाएको थियो । अस्ट्रेलियाको दोस्रो इनिंगमा मिचेल मार्स ९६ रन बनाएर आउट भए भने स्टिभ स्मिथले ५० रन बनाए ।
त्यस्तै पाकिस्तानका शाहीन शाह अफ्रिदी र मिर हम्जाले ३-३ विकेट लिएका छन्।
योसँगै सिरिजको दोस्रो टेस्टमा पनि अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ। तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १–० ले अगाडि रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment