तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार देखिएनन् : नैनसिंह महर

डिसी नेपाल
१२ पुष २०८० १८:५५
16
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन्।

तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरेका छन्। यसमा पार्टीको आधिकारिक दृष्टिकोण आउनु पर्ने उनको भनाइ थियो ।

‘हाम्रा प्रतिस्पर्धी (प्रतिपक्षी) पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण तयार गर्नुपर्दछ,’ उनले बैठकमा भने। उनले महासमिति बैठक (नीतिमहाधिवेन) बाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए।

नपाली कांग्रेसको इतिहासमा पहिलो पटक नीति निर्माणका लागि नीति नीतिअधिवेशन गर्दैछ। त्यो तय भएको नीतिले राष्ट्र र जनताको जीवनमा प्रभाव पार्ने हुनाले ८ लाख ६६ हजार क्रियाशील सदस्यसहित समग्र जनताको अपनत्व हुने गरी नीति निर्माण गरिनुपर्ने महरको धारणा छ।

मुलुक र राष्ट्रको समृद्धिका लागि जनताको धारणा समावेश गरेर अगाडी बढनु पर्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.