ब्राइटनसँग टोटनह्याम ४-२ ले पराजित

डिसी नेपाल
१३ पुष २०८० ७:४१
80
Shares

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले टोटनह्यामलाई पराजति गरेको छ। गएराति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको जितमा जोआओ पेड्रोले २ गोल गरेका थिए भने ज्याक हिन्शेलवूड र पेर्भिस एस्तुपिनानले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि अलेजो भेलिज र बेन डेभिसले एक एक गोल गरेका थिए।

यो ब्राइटनको यस सिजनमा आठौं जित हो। यो जितपछि ब्राइटन १९ खेलमा ३० अंकसहित आठौं स्थानमा उक्लिएको छ। त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा पाँचौं हार हो। १९ खेलमा ३६ अंक रहेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.