बालकुमारीमा गोली चलाउन आदेश दिने डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
काठमाडौं। सरकारले बालकुमारी घटनामा बल प्रयोग गरेको आरोपमा ललितपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेशराज लम्साल र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।
दक्षिण कोरियामा रोजगारीका लागि जान ईपीएस परीक्षामा सहभागी हुन नपाएपछि शुक्रबार असन्तुष्ट युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए।
आन्दोलनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीसँगको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो।







डिसी नेपाल








Facebook Comment