दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

डिसी नेपाल
१६ पुष २०८० ११:१५
144
Shares

काठमाडौं। छिमेक लघुवित्त र रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन हो। सोमबार छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ। यस कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको र सभा होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ।

यता, रुरु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले उक्त नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *