आज निफ्राको साधारणसभा

डिसी नेपाल
१७ पुष २०८० ९:४६
204
Shares

काठमाडौं। आज पुस १७ गते मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) वार्षिक साधारण सभा बस्दैछ। गत वर्षको नाफाबाट निफ्राले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ।

आज कम्पनीको सभामा आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ भने उक्त सभामा संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ।

सभामा कम्पनीले ४.२१०५ प्रतिश नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्नेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *