एक स्टार किड्स, जसले डेब्यू फिल्मवाट ९२ वटा अवार्डसहित गिनिज बुकमा लेखाए नाम

डिसी नेपाल
१७ पुष २०८० ९:५१
376
Shares

मुम्बई। बलिउडमा स्टार किड्सको डेब्यू आजकाल सामान्य कुरा हो। तर, उनीहरुको फिल्म सफल हुन जरुरी छैन। किङ खान शाखरुख खानको सुपत्री सुहाना खान, खुशी कपुर र अगस्त्य नन्दको डेब्यु फिल्म ‘द आर्चिज’ हेरेर थाहा पाउन सकिन्छ।

तर स्टार किडको डेब्यु फिल्मले नै ९२ अवार्ड पाए भने के भन्नुहुन्छ ? हो, हामी बलिउड अभिनेताको डेब्यू फिल्मको बारेमा कुरा गर्दैछौं, जसको नाममा ९२ अवार्ड जितेर गिनिज वल्र्ड रेकर्ड छ।

आमिर खानको २००१ को ब्लकबस्टर फिल्म लगानले ४९ अवार्ड पाएको थियो भने अमिताभ बच्चन र धर्मेन्द्रको शोलेले पनि धेरै अवार्ड जितेको थियाे तर सन् २००० मा रिलिज भएको एउटा फिल्मले फ्यानबाट धेरै माया मात्रै पाएन र ब्लकबस्टर नै साबित हुन पुग्याे।

हाे, हामी ऋतिक रोशन र अमिषा पटेलको डेब्यू फिल्म ‘कहो ना प्यार है’ को कुरा गर्दैछौं, जुन वर्षको ब्लकबस्टर फिल्म साबित भयो। ‘कहो ना प्यार है’ गिनिज बुक अफ वल्र्ड रेकर्ड, २००२ संस्करणमा यो फिल्मको लागि सबैभन्दा धेरै अवार्ड जितेको भनेर उल्लेख गरिएको थियो, जसले मात्रै ९२ वटा अवार्ड प्राप्त गरेको थियो।

सन् २००० को सबैभन्दा ठूलो भारतीय हिट फिल्ममा मुख्य अभिनेता ऋतिक रोशनको डेब्यू प्रदर्शनले उनलाई रातारात सुपरस्टार बनायो र उनी सर्वश्रेष्ठ डेब्यू र सर्वश्रेष्ठ अभिनेता पुरस्कार प्राप्त गर्ने पहिलो अभिनेता पनि भए।

वर्कफ्रन्टको कुरा गर्ने हो भने ऋतिक रोशनको ‘फाइटर’ जनवरी २०२४ मा रिलिज हुँदैछ, जसको सबैतिर चर्चा भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.