लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

डिसी नेपाल
१८ पुष २०८० १०:२९
160
Shares

काठमाडौं। आज पुस १८ गते बुधबार लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३७% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन्। तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *