सुनको भाउ घट्याे
काठमाडौं। बुधबार सुनचाँदीको भाउ घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको छ।
यसअघि मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको थियो। अघिल्लो दिनको तुलनामा आज २०० रुपैयाँले सुनको भाउ घटेको हो।
बुधबार चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ६० रुपैपाँमा किनेबेच भएको थियो। मंगलबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment