आमिर खानकी छोरीको बिहेमा बेहुला जिममा लगाउने कपडा लगाएर दौडिँदै जन्ती लिएर आएपछि…
काठमाडौं । जनवरी ३ बलिउड उद्योगमा विशेष दिन बन्यो । आमिर खानकी प्यारी छोरी आयरा खानले आफ्नो प्रेमी नुपुर शिखरेसँग धेरै धुमधामका साथ विवाह गरेकी छन् । अदालती विवाह दर्ता गरेपछि बेहुला नूपुर जिममा लगाउने पहिरनमा रिसेप्शन स्थलमा पुगेका थिए ।
साथीहरूसँग ८ किलोमिटर दौडिएपछि कार्यक्रमस्थल पुगेर ढोल बजाए र खुब नाचे । यसरी नुपुर आयरालाई लिनको लागि आफ्नो बिहेको जन्तीसहित कार्यक्रम स्थलमा पुगे । त्यहाँ परिवारका सदस्यहरू र नजिकका साथीहरू उपस्थित थिए, जसमध्ये नुपुर निकै नाच्दै थिए।
सामाजिक सञ्जालमा नुपुरका धेरै तस्विर भाइरल भइरहेका छन् । आयरा खानलाई घर लैजान नूपुरले फरक शैली रोजे जुन आफैमा अचम्मको थियो। बिहेको दिन पनि आयरा सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी थिइन् । उनले ‘ब्राइड टु बी’ हेयरब्यान्ड लगाएर पोस्ट सेयर गरेकी थिइन् ।
उनीहरुको विवाहको अनौठो शैली देखेर फ्यानहरुले धेरै कमेन्ट गरिरहेका छन् । एक फ्यानले लेखे- भाइ, यो कस्तो दुलहा हो जो आफ्नो दुलही लिन जिमको पहिरन लगाएर जाँदैछ। अर्का फ्यानले लेखेका छन्– उनले सबै स्टेरियोटाइप तोडिदिए । यदि उनी मिस्टर परफेक्शनिस्टकी छोरी हुन् भने, उनले केही फरक र अनौठो काम गर्नेछिन् भन्ने हामीलाई थाहा थियो। उनीहरुको कुरा फरक छ ।







डिसी नेपाल








Facebook Comment