बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम
अकाठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम २-२ गोलको बराबरीमा रोकिएका हुन्।
म्यानचेस्टर युनाइटेडले खेलमा दुई पटक अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो।
खेलको तेस्रो मिनेटमा नै रासमस होजलण्डको गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेडले खेलको १९औं मिनेटमा गोल खाएको थियो। टोटनह्यामका लागि रिचार्लिशनले बराबरी गोल गरेका थिए। त्यसपछि खेलको ४०औं मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुन: अग्रता दिलाएका थिए। तर दोस्रो हाफको पहिलो मिनेटमा नै टोटनह्यामका रोड्रीगो बेन्टानकरले गोल गर्दै खेल बराबरी गरेका थिए।
यो बराबरीपछि टोटनह्यामको २१ खेलमा ४० अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ। त्यस्तै म्यानचेस्टर युनाइटेडको भने २१ खेलमा ३२ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ।







डिसी नेपाल







Facebook Comment