प्रधानमन्त्रीकाे स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारी हटाइए

डिसी नेपाल
३ माघ २०८० ७:५१
116
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारी हटाइएका छन्।

यही १ माघबाट लागू हुने गरी ती कर्मचारीलाई हटाइएको हो।

५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई जानकारी गराइएको पत्रमा उल्लेख छ।

सचिवालय ठूलो भएको भन्दै यसअघि नै कर्मचारी हटाउने तयारी भइरहेको थियो। प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.