एशियन कपः चीन र लेबनान गोलरहित बराबरीमा

डिसी नेपाल
३ माघ २०८० २०:२८
40
Shares

काठमाडौं। जारी एशियन कप फुटबलमा चीन र लेबनान बराबरीमा रोकिएका छन् । समुह ए अन्तर्गतको बुधबार सम्पन्न खेलमा चीन र लेबनान गोलरहित बराबरीमा रोकिएका हुन् ।

यो यस प्रतियोगितामा चीनको दोस्रो बराबरी हो । यस अघि पहिलो खेलमा पनि चीन ताजकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यो बराबरीपछि चीनको २ खेलमा २ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा आयोजक कतारसँग हार बेहोरेको लेबनानको भने २ खेलमा एक अंक भएको छ र समुहमा पुछारमा रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा चीनले आगामी सोमबार आयोजक कतारको सामना गर्ने छ भने लेबनानले सोमबारनै ताजकिस्तानको सामना गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.