लगातार दोस्रो जितपछि कतार एशियन कपको राउण्ड १६ मा

डिसी नेपाल
४ माघ २०८० ८:३४
384
Shares

काठमाडौं। आयोजक कतार जारी एशियन कपको दोस्रो चरणमा छनौट भएको छ।

गएराती सम्पन्न खेलमा ताजकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै कतारले समुह ए बाट राउण्ड १६ मा स्थान सुरक्षित गरेको हो।

कतारको जितमा खेलको १७औं मिनेटमा अक्रम अफिफले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा खेलको ८१औ मिनेटमा ताजकिस्तानका अमाण्डोनी कामोलोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो।

यो कतारको लगातर दोस्रो जित हो। २ खेलमा ६ अंक भएको कतार राउण्ड १६ मा छनौट हुने पहिलो देश बनेको छ। त्यस्तै ताजकिस्तानको भने २ खेलमा एक अंक रहेको छ र समूहमा तेस्रो स्थानमा रहेको छ।

अब समुह चरणको अन्तिम खेलमा कतारले चीनको सामना गर्ने छ भने ताजकिस्तानले लेबनानको सामना गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.