प्रधामन्त्री कप एकदिवसीय क्रिकेट : एपीएफमाथि मधेस प्रदेश ५ विकेटले विजयी

डिसी नेपाल
४ माघ २०८० १६:२७
88
Shares

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ ।

जारी प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेस प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

मधेस प्रदेशको जितमा रुपेश सिंहले सर्बाधि ७२ रन बनाए भने पवन सराफले ६४ तथा निरज यादवले ५२ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

एपीएफका लागि आसिफ सेखले ५९ र कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए । त्यस्तै अमर राउटेलाले अविजित ४९ रन बनाएका थिए । त्यसैगरी मधेशका बलर रुपेश सिंह र प्रदिप पासवानले ३-३ विकेट लिएका थिए ।

जारी पीएम कपमा मधेशको चौथो खेलमा दोस्रो जित हो । यो जितपछि मधेस प्रदेश अंक तालिकामा सातौ स्थानमा रहेको छ ।

त्यस्तै एपीएफले भने आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ । एपीएफको ३ खेलमा ४ अंक छ र अंकतालिकामा चौथो स्थानमा झरेको छ ।

अब एपीएफले अर्को खेल आगामी सोमबार भैरहवामा नेपाल पुलिस क्लबसँग खेल्ने छ भने मधेश प्रदेशले शनिबार टियु मैदानमा कर्णाली प्रदेशको सामना गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.