साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

डिसी नेपाल
४ माघ २०८० १८:०९
20
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू–१९ च्याम्पियनसिप २०२४ का लागि नेपालको यू–१९ राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ ।  प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान खेल्दै छन् ।

फेब्रुअरी २ देखि ८ सम्म हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ। त्यस्तै फेब्रुअरी ४ मा भुटानसँग खेल्ने छ भने फेब्रुअरी ६ मा भारतसँग खेल्ने छ ।यस पछि शिर्ष दुई टिमले फेब्रुअरी ८ मा फाइनल खेल्ने छन् ।

नेपाली टिमः

गोलकिपरः सुजाता तामाङ, करुणा बुढाथोकी र लीला जोशी ।

डिफेन्डरः दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई र माया मास्के ।

मिडफिल्डरः ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ ।

फरवार्डः सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.