स्वदेशी श्रमको सम्मान गर्दै मौलिक उत्पादनको प्रवर्द्धनमा सरकार : श्रममन्त्री भण्डारी

डिसी नेपाल
४ माघ २०८० १९:३६
24
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वदेशी श्रमको सम्मान गरी मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘डिग फर नेपाल’ नामक संस्थाद्वारा सञ्चालित काठमाडौं–कपनस्थित मौलिक बजार तथा भान्साघरको आज अवलोकन गर्दै श्रममन्त्री भण्डारीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी स्वदेशमा रोजगारी सिर्जना गर्ने पक्षमा सरकार रहेको स्पष्ट गरे ।

उद्यमशीलताको विकास गरी स्वदेशमै गरिखाने परिस्थिति सिर्जना गर्न आवश्यक नीतिगत व्यवस्था गरेको जानकारी दिँदै उनले भने,“कृषि उत्पादनको बिक्रीवितरणमा समेत विचौलिया हाबी भएको भन्ने गुनासोलाई नीतिगत व्यवस्थासहित अन्त्य गरिनेछ, वास्तविक किसानले श्रमको मूल्य पाउनेछन्, उत्पादन र बिक्रीवितरणसहित कृषितर्फको परनिर्भरता कम गर्ने पक्षमा क्रियाशील सरकारलाई साथ दिन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”

डिग फर नेपालका महासचिव एवं मौलिक बजार तथा भान्सा घरका अवधारणाकार सुमन दाहालले मुलुकका ७५३ वटै पालिकाका विशेष उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ पढ्दै–कमाउँदै कार्यक्रमसहित स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने र रोजगारीको वातावरण सिर्जना गर्नेगरी अभियान सुरु गरिएको जानकारी दिए ।

सो संस्थाका सल्लाहकार नारायणप्रसाद सिग्देलले गरिखाने पाठ्यक्रमसहित पढ्दै–कमाउँदै कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिए । मौलिक बजारमा ७५३ वटै पालिकाका स्थानीय कृषि विशेष उत्पादन खरिद गर्न पाइने र मौलक भान्साघरमा स्थानीय कृषि फसलबाट तयार गरिएको ८४ व्यञ्जनको खाद्य परिकार पाइने सो अवसरमा बताइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.