अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।सिंहसहित ६ जना विरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको हो।
०६५ फागुन २६ गते कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।
कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment