इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने
काठमाडौं। विराट कोहली इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्ट खेल नखेल्ने भएका छन्। भारत टूरमा आएको इङल्याण्डले जनवरी २५ देखि ५ खेलको टेस्ट सिरिज खेल्दै छ।
कोहलीले निजी कारणले आफु शुरुका दुई टेस्टमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई गराएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ। कोहली तेस्रो टेस्टदेखि टिममा सहभागी हुने छन्।
कोहलीको ठाउमा को खेल्छ? भन्ने बारे बोर्डले पछि जानकारी गराउने बताएको छ। उनको ठाउमा खेल्ने खेलाडीमा चैतेश्वर पुजाराको नाम सबै भन्दा अगाडि रहेको छ।
२५ जनवरीबाट सुरु हुने यो सिरिज विश्व टेस्ट च्याम्पियनसिप २०२३-२५ को दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। भारतीय टोलीले यो सिजन आफ्नो पहिलो घरेलु सिरिज खेल्दैछ। यसअघि भारतले घरेलु मैदानमा वेस्ट इन्डिजलाई १-० ले हराएको थियो भने दक्षिण अफ्रिकासँगको दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको थियो।
सिरिजको पहिलो खेल २५ जनवरीबाट हैदरावादमा हुनेछ। त्यसपछि दोस्रो टेस्ट फेब्रुअरी २ गते विशाखापट्टनममा, तेस्रो टेस्ट फेब्रुअरी १५ गते राजकोटमा, चौथो टेस्ट फेब्रुअरी २३ गते राँचीमा र पाँचौं टेस्ट मार्च ७ गते धर्मशालामा खेलिनेछ।
शुरुको दुई खेल खेल्ने भारतीय टिमः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद यादव, मुकेश कुमार, जसप्रित बुमराह (उपकप्तान) र आवेश खान।







डिसी नेपाल







Facebook Comment