आहा रारा गोल्डकपः थ्रीस्टार क्लब क्वाटरफाइनलमा
काठमाडौं । ललिपुरको थ्रीस्टार क्लबले पोखरामा सुरु भएको आहा रारा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टार क्लवले आयोजकको टोली साहारा क्लबलाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । थ्रीस्टारका लागि योगेश गुरुङ र एन्जल महर्जनले एक एक गोल गर्दा साहाराका लागि आशिष गुरुङले एक गोल फर्काएका थिए ।
थ्रीस्टार क्लवले खेलको पाँचौं मिनेटमा गोल गर्दै खेलमा घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा घरेलु टोलीले गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याएको थियो । साहाराका लागि लक्ष्मण रुचालले मैदानको दाँया भागबाट प्रहार गरेको फ्रिकिकमा आशिष गुरुङले हेड मार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । खेलको ५९ औं मिनेटमा एन्जल महर्जनले गोल गर्दै जीत दिलाएका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार प्राप्त गर्नेछ ।







डिसी नेपाल







Facebook Comment