पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौं । यु–१९ विश्वकपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा एक विकेटको क्षतिमा ३९ रन बनाएको छ । बिपिन रावल २२ र आकाश त्रिपाठी २ रन बनाएर खेलिरहेका छन् । अर्जुन कुमाल ६ रन बनाएर आउट भए ।
यु–१९ विश्वकपमा यसअघि नेपाल र पाकिस्तान ३ पटक आमने सामने भएका छन् । यीमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल पाकिस्तानले जितेको छ । एक खेल नतिजाविहीन रह्यो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment