प्रधानमन्त्री कपमा कोशीको लगातार आठौं हार

डिसी नेपाल
१० माघ २०८० १५:३०
56
Shares

काठमाडौं। जारी प्रधानमन्त्री कपमा कोशी प्रदेशले आठौं हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेपछि कोशीले लगातार आठौँ हार बेहोरेको हो ।

कोशी प्रदेशले दिएको १२४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २१.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

यसअघि कोशीले पहिला ब्याटिंग गर्दै ३२ ओभरमा अलआउट भएर १२३ रन बनाएको थियो। यो जितपछि सुदूरपश्चिम प्रदेशले ५ खेलमा चौथो जित हासिल गर्दै ८ अंक बनाएको छ र दोस्रो स्थानमा रहेको छ।

त्यस्तै कोशी प्रदेशले भने लगातार आठौँ हार बेहोरेको छ। अब सुदूरपश्चिमले अर्को खेल विहिबार बागमती प्रदेशसँग मुलपानी मैदानमा खेल्ने छ भने कोशी प्रदेशले आफ्नो अन्तिम खेल आउदो मंगलबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.