नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य
काठमाडौं । यु–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो ।
नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दिपक डुम्रेले २६ तथा कप्तान देव खनालले २३ र सुवास भण्डारीले २० रन बनाए । पाकिस्तानका अराफत मिनासले ३ विकेट लिए भने अहमद हुसेन र उवेद शाहले २/२ विकेट लिए ।
यु–१९ विश्वकपमा यसअघि नेपाल र पाकिस्तान ३ पटक आमने सामने भएका छन् । यीमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल पाकिस्तानले जितेको छ । एक खेल नतिजाविहीन रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment