इएफएल कपको फाइनलमा पुग्यो लिभरपुल

डिसी नेपाल
११ माघ २०८० ७:२९
4
Shares

काठमाडौं। लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए। यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले जितेको थियो।

अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ। फाइनल खेल फेब्रुअरी २५ मा हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.