मछिन्द्रलाई हराउँदै जावलाखेल आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

डिसी नेपाल
११ माघ २०८० १७:११
44
Shares

कास्की । मछिन्द्र क्लबलाई पराजित गर्दै जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले एकमात्र निर्णायक गोल गरेका थिए । हिसुबले खेलको ३८ औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ अगाडी बढेको अवस्थामा उनलाई विट गर्दै खाली पोस्टमा गोल गरेका हुन् ।

प्रिक्वार्टरफाइनल अन्तर्गत शुक्रबार विभागीय टिम एपीएफ र चर्च ब्वाइजबीच प्रतिष्पर्धा हुने छ । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार रुपैया प्राप्त गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.