बहराइन र दक्षिण कोरिया एशियन कपको नकआउट चरणमा

डिसी नेपाल
११ माघ २०८० २०:०३
72
Shares

काठमाडौं । बहराइन र दक्षिण कोरिया जारी एशियन कपको नकआउट चरणमा पुगेका छन् ।

विहिबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १–० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।

त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३(३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।

त्यस्तै समुहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट चरणमा पुग्ने निश्चित रहेको छ ।

सबै समुहका तेस्रो स्थानमा रहने देशहरु मध्ये शिर्ष चार देश नकआउट चरणमा पुग्ने छन् । सोहि अनुसार जोर्डन पनि नकआउट चरणमा पुग्ने भएको हो ।

त्यसैगरी समुह इ बाट मलेसिया भने ३ खेलमा एक अंक हासिल गर्दै चौथो भएपछि समुह चरणबाटै बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.