एशिया कप क्रिकेटकाे राउण्ड १६ को समीकरण पूरा
काठमाडौं। जारी एशियन कपको राउण्ड १६ को समीकरण पूरा भएको छ। गएराती सम्पन्न समूह चरणका खेलपछि एशियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो।
राउण्ड १६ मा ६ समुहका विजेता र उपविजेताले आफ्नो स्थान सुरक्षित गरेका छन् भने सबै समुहका तेस्रो हुने देशहरु मध्ये शिर्ष चार देशले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
जसमा समूह ए बाट आयोजक कतार र ताजकिस्तान, समूह बी बाट अस्ट्रेलिया र उज्बेकिस्तान, समूह सी बाटइरान र युएई, समूह डी बाट इराक र जापान, समूह ई बाट बहराइन र दक्षिण कोरिया र समूह एफ बाट साउदी अरेबिया र थाइल्याण्ड समूह विजेता र उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन्।
त्यसैगरी तेस्रो हुने देशहरुबाट शिर्ष चारमा रहेका समूह इ बाट जोर्डन, समूह सी बाट प्यालेस्टाइन, समूह बी बाट सिरिया र समूह डी बाट इन्डोनेसियाले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
अब राउण्ड १६ का खेलहरु नकआउट खेल हुने छन्। राउण्ड १६ का खेलहरु जनवरी २८, २९, ३० र ३१ मा हुने छन्।
राउण्ड १६ मा अस्ट्रेलियाले इन्डोनेसियाको सामना गर्ने छ भने ताजकिस्तानले युएईको सामना गर्ने छ। त्यस्तै इराकले जोर्डनको सामना गर्ने छ भने आयोजक कतारले प्यालेस्टाइनको सामना गर्ने छ।
त्यसैगरी उज्बेकिस्तानले थाइल्याण्डको सामना गर्ने छ भने साउदी अरेबियाले दक्षिण कोरियाको सामना गर्ने छ। त्यस्तै बहराइनले जापानको सामना गर्ने छ भने इरानले सिरियाको सामना गर्ने भएको छ।







डिसी नेपाल







Facebook Comment