इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा भारत

डिसी नेपाल
१२ माघ २०८० १८:१५
64
Shares

काठमाडौं । भारत इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा रहेको छ । खेलको दोस्रो दिनको खेल सकिदा भारतले इङल्याण्डमाथि १७५ रनको अग्रता बनाएको छ । भारतले ७ विकेट गुमाउदै ४२१ रन बनाउदा दोस्रो दिनको खेल सकिएको छ ।

भारतका लागि रविन्द्र जडेजाले ८१ र अक्सर पटेलले ३१ रन बनाएर क्रिजमा रहेका छन् । यस अघि भारतका लागि यशश्वी जैसवालले ८०, कप्तान रोहित शर्माले २४, शुभमन गिलले २३, केएल राहुलले ८६, श्रीकर भरतले ४१, श्रेयस अय्यरले ३५ रन बनाएका थिए ।

त्यस्तै इङल्याण्डका बलरटम हार्टली र जो रुटले २–२ विकेट लिएका छन् भने जयक लीच र रेहान अहमदले एक एक विकेट लिएका छन् । यस अघि यस टेस्टमा पहिला ब्याटिंग गर्दै इङल्याण्डले २४६ रन बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.