थ्रीस्टार क्लब आहा! रारा गोल्डकपको सेमिफाइनलमा
कास्की । थ्रीस्टार क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार भुटानको पारो फुटवल क्लवलाई अतिरिक्त समयमा दुई गोलले पराजित गरेपछि थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा ढकेलिएको थियो । थ्रीस्टारका अनिष चापागाईंले अतिरिक्त समयको २६ र २९औँ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आइतबार साविक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने दोश्रा क्वाटरफाइनल हुनेछ । प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment