रियल म्याड्रिड जितपछि शिर्ष स्थानमा

डिसी नेपाल
१४ माघ २०८० ९:४९
92
Shares

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लस पलमासलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लस पलमासलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक एक गोल गरेका थिए। त्यस्तै लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिड हाल गिरोनाभन्दा स्पष्ट २ अंकले अगाडी रहेको छ । त्यस्तै लस पलमासको २२ खेलमा ३१ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.