अस्ट्रेलिया एशियन कपको क्वाटरफाइनलमा

डिसी नेपाल
१४ माघ २०८० २२:१९
444
Shares

काठमाडौं। अस्ट्रेलिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

आइतार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

अस्ट्रेलियाको जितमा मार्टिन बोयल, क्रेग गुडविन र ह्यारी सोउटरले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्डोनेसियाका एल्कान बागगोटले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अस्ट्रेलिया एशियन कपको क्वाटरफाइनलमा पुग्ने पहिलो देश बनेको छ । साथै इन्डोनेसिया भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.