वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलिया ८ विकेटले विजयी

डिसी नेपाल
१९ माघ २०८० १७:१३
32
Shares

काठमाडौं । अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार मेलवर्न क्रिकेट मैदानमा सम्पन्न एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो ।

वेस्टइन्डिजले दिएको २३२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३८.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा कप्तान स्टिभ स्मिथले सर्वाधिक ७९, क्यामरुन ग्रीनले ७७ र जोश इंगलिसले ६५ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ४८.४ ओभरमा अल आउट हुदै २३१ रन बनाएको थियो । वेस्टइन्डिजका लागि किसी कार्टीले सर्बाधिक ८८ तथा रोस्टन चेजले ५९ रनको योगदान गरेका थिए । त्यस्तै अस्ट्रेलियाका बलर जेभियर बार्टलेटले सर्वाधिक ४ विकेट लिएका थिए ।  जेभियर अस्ट्रेलियाका लागि डेभ्यु खेलमै खेलको प्लेयर अफ द म्याच बने ।

यो जितपछि ३ खेलको सिरिजमा अस्ट्रेलिया १–० ले अगाडी भएको छ भने अब सिरिजको दोस्रो खेल आइतबार सिड्नीमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.