युवा संघद्वारा एन्फा पदाधिकारी ३-० ले पराजित

डिसी नेपाल
२० माघ २०८० ७:४०
48
Shares

काठमाडाैं। राष्ट्रिय युवा संघले फागुनमा गर्न लागेको केपी ओली कपको तयारी स्वरुप मैत्रीपूर्ण खेलहरु गरिरहेको छ। शुक्रबार युवा संघले एन्फा पदाधिकारीसँग मैत्रीपूर्ण खेल खेलेको छ।

युवा संघको टिमलाई अध्यक्ष क्षितिज थेवेले नेतृत्व गरेका थिए। एन्फा पदाधिकारीसँग भएको मैत्रीपूर्ण खेलमा युवा संघले ३-० को जित निकालेको छ। खेलको २२ औँ मिनेटमा गोल गर्दै अध्यक्ष थेवेले युवा संघलाई अग्रता दिलाएका थिए। त्यस्तै, मनिष सेडाँइले २ गोल गर्दै युवा संघको जित सुनिश्चित गरे।

प्रतियोगिता आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ। नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म एन्फाको मैदानमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.